काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।
आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समिति बैठक बसेको थियो। बैठकका अन्य एजेन्डा रोकेर समानुपातिक सांसदको सूची टुंग्याउने विषयमा छलफल भएको थियो ।
आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सातै प्रदेशबाट केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको जानकारी दिए । उनले आज समानुपातिक सांसदको सूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए ।
समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूचि तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया