उपेन्द्र र महन्थबिच पार्टी एकता गर्ने निर्णय

लोकपथ
329
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) नेपालबिच पुनः एकता हुने भएको छ ।

आइतबार काठमाडौंमा बसेको दुवै पक्षका अध्यक्षसहित पदाधिकारीको संयुक्त बैठकले पार्टी एकता गरेर अघि बढ्ने निर्णय गरेको हो ।

लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान र समानुपातिक समावेशिता, सामाजिक न्याय लगायत परिवर्तनका मुद्दाहरुलाई मजबुत बनाउन पार्टी एकीकरण गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतका अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यक्तालाई आत्मसाथ गरी जसपा नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो,’ दुवै पार्टीका अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?