काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ८७ जना वरिष्ठ हवल्दारलाई सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
आइतबार सशस्त्र प्रहरीको मुख्यालय हलचोकले प्रहरी नियमावली अनुसार ८७ जना वरिष्ठ प्रहरी हवल्दारहरुलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा चित्त नबुझेमा ७ दिनभित्र बढुवा उपर उजुरी सुन्ने समिति समक्ष उजुरी दिन समेत भनिएको छ ।
त्यसो त आजै सशस्त्रले ६१३ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया