कांग्रेसले भोलि मात्रै समानुपातिकको सूची आयोगमा बुझाउने

लोकपथ
336
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ ।

आइतबार सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन् ।

केन्द्रीयय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरुसँग छलफल भइरहेको र अब सूची तयार गरेर सोमबारसम्म आयोगलाई बुझाउने बताए ।

समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूचि तयार पार्नु पनि महत्वपूर्ण काम भएको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र रास्वपामा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह दाग नलागेको व्यक्ति टिप्पणी गरे । साथै दुई जनाएको एकताले कांग्रेस लगायत नयाँ दललाई कुनै असर नगर्ने समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?