काठमाडौं । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा पुनः तुसङ (अर्जुन) बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार थापाको नेतृत्वमा साउदी अरबको राजधानी रियादमा भव्यताका साथ १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यमा, नेपाली राजदूतावास रियादका श्रम काउन्सेलर कबिराज उप्रेतीको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरब, विभिन्न राजनीतिक दलका विदेशस्थित भ्रातृ संगठनहरू, जातीय तथा जिल्लागत संघसंस्थाहरू, साउदी अरबमा क्रियाशील नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीका प्रतिनिधिहरू, पत्रकार, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अधिवेशनबाट सभापतिमा तुसङ (अर्जुन) थापा, वरिष्ठ उपसभापति सुरेशराज त्रिपाठी (नवर्तमान महामन्त्री, नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रतिनिधि, उपसभापतिहरुमा पदमप्रसाद पाण्डे, सुजनशेर राई, नरेश सापकोटा, गोपाल पंगेनी रहेका छन् ।
त्यस्तै महामन्त्रीमा अरुण बेल्वासे र मोहन अधिकारी रहेका छन् भने सह महामन्त्रीमा भिम विक, खेमराज भट्ट रहेका छन् ।
यसैगरी सदस्यहरुमा पाराशोर काफ्ले, रामचन्द्र राउत, लक्ष्मी लोप्चन तामाङ, रामशरण थापा, अनिल रेग्मी, राजेन्द्र कार्की, सुरज रेग्मी, संजोग पाण्डे, आयान बस्नेत, पूर्णप्रसाद रिजाल, प्रकाशबहादुर ढाँट, भरतबहादुर बोहोरा, तेजप्रसाद अधिकारी, इब्राहिम शर्मा, गणेश भाट (इब्राहिम), गोपाल आचार्य, सन्तोष परियार, सुरज सापकोटा रहेका छन् ।
सभापति थापाका अनुसार बाँकी रहेका रिक्त पदहरुमा पछि पदपूर्ति गरिनेछ ।

उक्त अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि किरणराज शर्मा पौडेलले नेपालमा पछिल्लो समय देखिएको जेनजी आन्दोलनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न सशक्त सन्देश दिएको उल्लेख गर्दै वर्तमान राजनीतिक जटिलताको एकमात्र लोकतान्त्रिक निकास निर्वाचन नै भएको धारणा व्यक्त गरे । उनले नेपाली कांग्रेस इमान्दारितापूर्वक निर्वाचनमा जान तयार रहेको दाबी गर्दै, प्रवासमा रहेका योग्य र क्षमतावान नेपालीहरूको सहभागिताबाट पर्यटनमार्फत देशको विकास सम्भव रहेको बताए ।

विशिष्ट अतिथि श्रम काउन्सेलर कबिराज उप्रेती, जनसम्पर्क समन्वय विभागका सदस्य तथा महासमिति सदस्य पुरुषोत्तम खनाल लगायत वक्ताहरूले प्रवासमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधानमा जनसम्पर्क समितिले अझ सक्रिय र सहायक भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा नेपालबाट साउदी पुगेका २२ युवाहरु समेत कांग्रेस प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया