काठमाडौं । आगामी निर्वाचनमा उम्मेदवारहरुले बिहान सात बजेबाट साँझ सात बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाउने भएका छन् ।
निर्वाचन आयोग नेपालले ‘निर्वाचन आचारसंहिता २०८२’ स्वीकृत गर्र्दै सो प्रावधान गरेको जानकारी गराएको हो ।
शनिबार आयोगले स्वीकृत गरेको आचारसंहिता अनुसार कुनै पनि उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, भेला तथा प्रचार प्रसारका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मात्रै समय छुट्टाइदिएको हो ।
‘जुलुस, आमसभा, कोणसभा, भेला तथा प्रचार प्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्नुपर्ने,’ निर्वाचन आचारसंहितामा भनिएको छ ।
त्यस्तै निर्वाचनको मनोनयनमा जाँदा प्रचारप्रसार, घरदैलोमा जाँदा समेत प्रस्तावक र समर्थकसहित २५ जना भन्दा बढी नजान समेत आयोगले भनेको छ ।
‘निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेद्वार, प्रस्तावक, समर्थकसहित पच्चिस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने,’ जारी आचारसंहितामा भनिएको छ ।
त्यसो त राजनीतिक दल वा उम्मेदवारले हेलिकप्टर प्रयोग गर्ने सन्दर्भमा भने आयोगले तोकेको खर्चको आधारमा मात्र गर्न भनेको छ ।
‘राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्दसूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नुपर्ने, तर राष्ट्रिय सभा सदस्य निर्वाचन वा स्थानीय तहको निर्वाचन वा उपनिर्वाचनमा हेलिकप्टरको प्रयोग गर्नु परेमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमाभित्र रही सम्बन्धित उम्मेदवारको खर्च शीर्षकमा समावेश गर्नुपर्नेछ,’ अचारसंहितामा भनिएको छ ।
आचारसंहिताको पूर्णपाठ हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया