सुनको मूल्यले बनायो अर्को कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

लोकपथ
266
Shares

 काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले वृद्धि भएको हो । 

अघिल्लो कारोबारका दिन २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज १३ सय रुपैयाँले वृद्धि भएर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यो मूल्य हाल सम्मको उच्च हो । 

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?