काठमाडौं। नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले एकताले सबैलाई जिम्मेवारी लिन र विश्वास दिलाउन प्रोत्साहित गर्ने बताएका छन् ।
उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको ७ बुँदे सहमतिपछि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ता प्रतिक्रिया दिएका हुन् ।
यसप्रति प्रतिक्रिया दिँदै भण्डारीले फेसबुकमा लेखे, ‘रविजी र बालनजीको मिलनले देखाउँछ कि अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ। यही सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया