रवि–बालेन सम्झौतालक्षित हर्कको आलोचना– ‘सत्ताका लागि देश लिलाम गर्न खोजियो’

लोकपथ
448
Shares

 काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा आलोचना गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले उक्त सम्झौता सत्ताका लागि मात्र गरिएको र विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्य बोकेको आरोप लगाएका हुन् ।

उनले भने, ‘कुर्सीका लागि देशलाई लिलाम गर्न खोजिरहेको छ । विदेशी प्रभाव नेपालमा पहिले नै महसुस भइसकेको छ । अहिले त्यसलाई औपचारिक रूपमा स्थापित गर्न खोजिएको हो।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै साम्पाङले भने, ‘भित्रभित्रै बसेर डरलाग्दो खेल खेल्ने’ र ‘देश जल्दा पनि टुलुटुलु हेरेर बस्ने’ व्यक्तिहरूले अहिले सत्ता समीकरणको खेल खेलिरहेको छ ।

साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम भने स्पष्ट रूपमा नलिए पनि उनीहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?