प्रधानमन्त्रीसँगको भेटपछि देउवाले भने– ‘सबै दल निर्वाचनमा जान तयार छौँ तर निर्वाचनको वातावरण बनेको छैन’

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार रहेको  बताएका छन्  । 

शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्ता बताएका हुन् । उनले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार भए पनि निर्वाचनको वातावरण बन्न नसकेको बताए । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए । 

सभापति देउवाले भने, ‘सबै पार्टीहरू चुनावमा जान तयार छन् । काँग्रेस लगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्‍यो । एमाले पनि तयार छ ।’

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया  दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?