रास्वपासँग हुन लागेको सहमतिमा हस्ताक्षर गर्नुअघि कुलमानलाई भेट्दै बालेन

लोकपथ
462
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र  ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङबिचआज भेटवार्ता हुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग प्रस्तावित सहमतिमा हस्ताक्षर गर्नुअघि घिसिङसँग छलफल गर्नुपर्ने निष्कर्षमा बालेन पुगेपछि उक्त भेट तय भएको हो  । 

आजै बालेन र रास्वपा सभापति रवि लामिछानेबिच भेट गरी एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने तयारी थियो । तर, रास्वपाको अडानका कारण बालेनले घिसिङसँग छलफल गरेर मात्रै सहमतिमा हस्ताक्षर गर्ने निर्णय गरेका हुन् ।

बालेन र कुलमानबिचको भेटवार्तापछि रास्वपासँगको सहमतिबारे अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?