काठमाडौं । नेपाली बजार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो मूल्य हाल सम्मको उच्च हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी १ सय ६५ रुपैयाँले बढेर ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया