रास्वपा चितवनको समानुपातिक उम्मेदवारमा प्रभा ढकाल सिफारिस

लोकपथ
350
Shares

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ प्रभा ढकाल समानुपातिक तर्फको प्रारम्भिक उम्मेदवारका रूपमा सिफारिस भएकी छन् ।

सामाजिक अभियन्ताका रूपमा परिचित ढकालले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । उनी नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्य भएर पनि काम गरिसकेकी छन् ।

हाल रास्वपा चितवनको उपसभापति रहेकी ढकाल पार्टी संगठन विस्तार र सामाजिक अभियानमा निरन्तर सक्रिय रहँदै आएकी छन् ।

समानुपातिक उम्मेदवारमा उनको सिफारिससँगै पार्टीभित्र नयाँ अनुहार र सामाजिक पृष्ठभूमिबाट आएका नेतृत्वलाई अघि सार्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?