नेकपाले काठमाडौंबाट युवा उम्मेदवार सिफारिस गर्‍यो

लोकपथ
833
Shares

काठमाडौं । प्रतिनिधि सभा चुनावको लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले  काठमाडौंबाट युवा उम्मेदवार सिफारिस  गरेको छ । काठमाडौं क्षेत्र नम्बर–७ बाट शिव कोइराला (ज्वाला) लाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस गरेको  हो । 

समानुपातिकतर्फ सुजन लामा सिफारिस भएका छन् । सुजन लामाले समाजसेवी र युवा व्यवसायीको रूपमा काम गर्दै आएका छन् । उनले भनेका छन्, ‘अब देशमा कुरा युवाको मात्र होइन, सक्षम युवाको पनि हुनुपर्छ ।’

नेकपाले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ युवा उम्मेदवार सिफारिस गर्नु यस चुनावमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?