ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बुधबारदेखि सुरु भएको बैठक आज दिउँसो १:०० बजे पुनः बस्ने भएको हो ।
बैठकमा पार्टीको आगामी महाधिवेशन र सांगठनिक विषयमा छलफल भइरहेको छ ।
बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरू गरी १५ जना नेताहरूले आफ्ना धारणा राखेका थिए।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले क्रियाशील सदस्यताको बाँकी काम आगामी १६ दिनभित्र सक्नुपर्नेमा जोड दिएका छन् । उनले सदस्यताको टुंगो लागेपछि सिधै वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका थिए ।
आजको बैठकमा बाँकी नेताहरूले पनि आफ्नो धारणा राख्नेछन् । साथै, केही महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया