चिसोका कारण प्रभावित जनतालाई राहत पुर्‍याउन सरकार समक्ष प्रचण्डको अपिल

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर चिसोका कारण प्रभावित भइरहेको भन्दै तीनै तहको सरकारको ध्यानाकर्षण गराएका छन् ।

मौसममा आएको परिवर्तनसँगै तराई–मधेशमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीपन प्रभावित भइरहेको छ । यसबाट खासगरी गरीब तथा सीमान्तकृत वर्गका जनता बढी प्रभावित भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जनजीवन प्रभावित भएका जनताहरुको राहत र आवश्यक सहयोग पुर्‍याउन समेत तीनै तहको सरकार समक्ष आग्रह गरे । त्यस्तै सरकारलाई मात्र नभएर आफ्ना मातहतका कमिटीहरुलाई समेत सहयोग र समन्वयात्मक भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

‘मौसममा आएको परिवर्तनसँगै तराई–मधेशमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। यसबाट खासगरी समाजका गरीब तथा सीमान्तीकृत वर्गका जनता बढी पीडित भएका छन्। यस्तो परिस्थितिमा प्रभावित जनतालाई तत्काल सहयोग पुर्‍याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपील गर्दछु। साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउनका लागि पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन दिन चाहन्छु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?