बालेनसँग ज्ञानेन्द्र शाहीको भेट, राप्रपासँग सहकार्य हुन लागेको हो ?

लोकपथ
273
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौंमा महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रस्ताव गरेको बताएका छन् ।

बिहीबार सो विषयमा कुरा गर्दै शाहीले महानगर प्रमुख शाहसँग चरण चरणमा छलफल भएको पुष्टि गर्दै नयाँ शक्ति र युवाहरु एकीकृत भएर जाने विषयमा छलफल भएको बताए ।

उनले मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरु मिलेर जानु नै अन्तिम विकल्प भएको बताए ।

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा पकड बनाउने गरी वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा आफ्नो जोड रहेको पनि बताए ।

उनले निर्वाचनको लागि मात्रै नभई मुलुकको दीर्घकालिन हितका विषयहरुलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने आफ्नो धारणा रहेको समेत बताए ।

शाहीका अनुसार भेटघाटमा देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्ने सम्भावनाबारे छलफल छ । उनले तत्काल कुनै निश्चित निर्णय भइनसकेको भन्दै राजनीतिक सहकार्यको टुंगो लागिसकेपछि थप विषय सार्वजनिक हुने बताए ।

उनले भने, ‘उहाँ (बालेन्द्र शाह)सँग हिजो र आज पनि छलफल भयो । जति पनि युवाशक्ति र वैकल्पिक शक्तिहरु छौँ । सबै एकजुट बनेर राष्ट्र निर्माण गर्न मिलेर अगाडि बढौँ भन्ने कल्पनाका साथ हामी भेठघाट गरिरहेका छौँ । अब यही नै गर्ने भन्ने निश्चित भइसकेको छैन । अब पार्टीहरु मिलाएर जाने हो कि ? के गर्ने भन्ने छलफलमा छौँ । छलफल केही आन्तरिक र केही बाहिरी कुरा समेत भएकोले यी कुराहरु वार्ता सकिएपछि थाहा भैहाल्छ । अहिले विशेष गरी युवाशक्तिहरु मिलेर जानुपर्छ भन्ने कुरामा नै छलफल केन्द्रित भयो । वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प छैन । त्यो मात्र एक र अन्तिम विकल्प हो । फेरि यो के हो भने शक्ति बन्ने कुरा हो । शक्ति एकलबाट बन्दैन । यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भइदिएको भए एक जना व्यक्ति मात्र पपुलर भएर काम हुन्थ्यो । यहाँ त १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो पकड जमाउन सक्नुपर्छ । निर्वाचन जितेर आइसकेपछि संसदमा बहुमत पुर्याउन सक्नुपर्यो । त्यसकारण हामी कसरी अगाडि बढ्ने ? चुनाव जित्नु मात्र मुख्य मुद्दा होइन । चुनाव जितेपछि हामीले गर्नुपर्ने के हो ? कसरी हामीले यो खर्चिलो व्यवस्थालाई धान्न सक्छौँ ? भन्ने विषयलाई मध्यनजर गर्दै अगाडि बढ्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

शाहीले राम्रा मान्छेहरु नमिलेकै कारण मुलुकले सामाजिक आर्थिक समृद्धि हासिल गर्न नसकेको टिप्पणी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?