बालेनलाई भेटेर बाबुरामले के दिए सुझाव ?

लोकपथ
133
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह –बालेन) लाई नयाँ र वैकल्पिक शक्तिहरुलाई एक बनाएर अघि बढ्न सुझाव दिएका छन् ।

बिहीबार अपरान्ह ललितपुरको कुपण्डोलमा पुगेर बालेनलाई भेटेका बाबुरामले नयाँ र वैकल्पिक शक्तिहरुलाई एक बनाएर अघि बढ्ने कुरामा आफ्नो सद्भाव रहने सुझाव दिएको बताए । साथै सबै मिल्नुपर्छ भन्ने आफ्नो सन्देश रहेको उनको भनाइ रहेको छ ।

‘मेरो सुझाव तपाईँ नयाँ र वैकल्पिक भनिने शक्तिहरुको देश परिवर्तनको जुन सपना छ, त्यसलाई पूरा गर्ने गरी अघि बढ्नुस् मेरो सद्भाव रहन्छ । सबै मिल्नुपर्छ भन्ने मेरो धारणा रह्यो,’ डा. भट्टराईले सञ्चारकर्मीहरुसँग भने ।

नयाँ भनिने र वैकल्पिक शक्ति दाबी गर्ने दल र नेताहरुसँग बालेनले बिहीबार दिनभर भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?