बालेनसँगको वार्ताबाट निस्किए रवि

लोकपथ
616
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँगको वार्ता सकेर निस्किएका छन् ।

रवि बालेनलाई भेट्न ललितपुरको कुपण्डोलस्थित कुमार बेनको घरमा पुगेका थिए । बालेनसँग लामो छलफलपछि रवि केहीबेरअघि निस्किएका हुन् । यद्यपि उनीहरुबिच के विषयमा छलफल भयो भन्नेबारे बाहिर खुलेको छैन ।

यता रविले भने वार्ताबाट निस्किँदै गर्दा वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

अहिले बालेनसँग भेटघाट गर्नका लागि कुमार बेनको निवासमा घुइँचो नै लागेको छ ।

यसअघि सोमबार रवि र बालेनबिच लामो छलफल भएको थियो । आगामी निर्वाचनमा रवि बालेनसहित वैकल्पिक शक्तिहरु एक भएर अघि बढ्ने तयारी गरेका छन् । यद्यपि अहिलेसम्म भने वार्ता मात्रै भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?