सुनको मूल्यमा सामान्य गिरावट, आज कति पुग्यो ?

लोकपथ
273
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको  छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुन प्रतितोला  ६ सय रुपैयाँले घटेको हो ।  

अघिल्लो दिन २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  ६ सय रुपैयाँले घटेर  २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?