काठमाडौं । मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु भएको छ ।
बिहीबार बिहान विराटनगर महानगरपालिका-४ स्थित भित्री सडक खण्डमा दुर्घटनाहुँदा २७ वर्षीय थापाको मृत्यु भएको हो ।
विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १९०२९०४२ प ८००२ नम्बरको मोटरसाइकल बिहान करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक कोकिला चुडावले लोकपथलाई जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया