सरकारको पहलकदमी निर्वाचनको माहोल सुमधुर बनाउने कदम हो : राजेन्द्र गुरुङ

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र गुरुङले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारको तयारी अझै पर्याप्त नभएको बताएका छन् ।

सरकारद्वारा गठन गरिएको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘निर्वाचनले मुलुकको बेथिति र समस्यालाई समाधान गर्ने हुनुपर्छ। निर्वाचनका लागि मात्रै निर्वाचन हुनु हुँदैन ।’

गुरुङका अनुसार, सरकारले राजनीतिक दलका कार्यालयमा पुगेर देखाएको राजनीतिक संस्कार सकारात्मक रहेको छ, जसले परिस्थितिलाई सहज बनाउने र निर्वाचनको माहोललाई सुमधुर बनाउने काम गरेको छ ।

उनले राजासहितको राजनीतिक दल र जेनजी पुस्तासँग संवाद र सम्झौता गरेर अघि बढ्ने प्रस्ताव सरकारका मन्त्रीहरूसँग राखेको जानकारी दिए ।

गुरुङले वर्तमान चुनावी प्रक्रिया गलत रहेको र यसलाई सुधार गर्न संवादमार्फत सहमति आवश्यक रहेको जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?