काठमाडौं । समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको सम्मान स्वरूप हुलाक टिकट सार्वजनिक गरिएको छ । हुलाक सेवा विभागले आयोजित कार्यक्रममा गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै सरकारले औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
उपसभामुख इन्दिरा राना र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त कार्यक्रमका क्रममा स्व. गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे ।
कार्यक्रममा बोल्दै मन्त्री खरेलले गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु ऐतिहासिक क्षण भएको बताए। उनले भने, ‘मान्छे कर्मले सधैँ अमर रहन्छ। आज ओमप्रकाश गोयल हाम्रो बिचमा अमर हुनुभयो। हाम्रो यो हुलाक टिकट मार्फत उहाँको योगदान र नाम सधैँ जीवित रहनेछ।’
मन्त्री खरेलले समाजसेवी गोयलको योगदानले देश र नेपाली समाजलाई प्रेरणा दिनेसम्मको भूमिका खेलेको उल्लेख गर्दै, देशले उनको सम्मान गर्नुपर्ने बताए ।
हुलाक टिकटमार्फत समाजसेवी गोयलको योगदानलाई स्मरण गराउने यो कदम ऐतिहासिक र प्रतीकात्मक महत्वको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया