काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै ६८ सांसदले दायर गरेको पूरक रिटमा आज पेसी तोकिएको छ ।
नेपाली कांग्रेसका ६५ सांसद र अन्य दलका तीन सांसदले सर्वोच्च अदालतमा हस्ताक्षरसहित पूरक रिट दर्ता गरेका थिए । सोही रिटमा आज पेसी तोकिएको हो ।
मंगलबार दर्ता गरिएको यस रिटमा सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेससमेत दिएका थिए ।
प्रतिनिधिसभा पुनःस्थापनाको समर्थनमा कांग्रेसबाहेक जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया