काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको गुल्मीको धुर्कोट गाउँपालिका–३ स्थित निन्यूखर्क माध्यामिक विद्यालय भवनको शिलान्यास भएको छ ।
मंगलबार नेपालस्थित भारतीय राजदूतावासका काउन्सुलर गीताञ्जली ब्रैण्डन र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
उक्त विद्यालय भारत सरकारको ३ करोड ८ लाख रुपैयाँमा निर्माण हुन लागेको हो ।

नयाँ पूर्वाधारमा फर्निचर, कक्षा कोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन निर्माण हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
त्यसो भारत सरकारको सहयोगका देशका विभिन्न स्थानमा विद्यालय भवन निर्माण भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया