कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

लोकपथ
259
Shares

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा फाराम राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले खुलाएको छ । ०८३ सालको वार्षिक परीक्षाका लागि फाराम खुलाइएको हो । 

फाराम नियमित तथा आंशिकतर्फ रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ९८, ८० र ८१ भएका परीक्षार्थी विद्यार्थीका लागि मात्र खुला गरिएको छ ।

परीक्षासम्बन्धी वार्षिक कार्य तालिकाअनुसार विद्यार्थीले पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ । निर्धारित समय भित्र शुल्क बुझाउन नसक्ने विद्यार्थीले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम बुझाउन पाउने छन् ।

बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म विद्यालयमार्फत बुझाउन निर्देशन दिएको छ ।

बोर्डको यो कदमले विद्यार्थीलाई परीक्षा तयारीका लागि आवश्यक व्यवस्था गर्न समयमै अवसर मिल्ने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?