काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सोधपुछ गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा आयोगको अनुसन्धान टोलीले बालेनसँग सोमबार बयान लिएको हो ।
आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार आयोगले विभिन्न व्यक्तिहरुसँग बयान लिने क्रममा बालेनसँग पनि बयान लिएको लोकपथलाई पुष्टि गरे । तर बाँकी कुराबारे आफू जानकार नभएको बताए ।
आयोगले जेनजी आन्दोलनको सन्दर्भमा विभिन्न व्यक्तिहरुसँग बयान लिइरहेको छ । जेनजी आन्दोलनका क्रममा सरकारले युवायुवतीमाथि निर्मम गोली प्रहार गरेपछि त्यसको आवेगमा बालेनले आक्रामक अभिव्यक्ति दिएका थिए ।
यद्यपि आयोगले कुन विषयमा बयान लिएको हो भन्ने भने बाहिरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया