काठमाडौं । अघिल्लो दिन आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँ वृद्धि भएको छ । योसँग सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ । गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीमा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया