काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्की भेट्न पुगेका छन् ।
केहीबेरअघि रास्वपाका शीर्ष नेताहरु लिएर सभापति लामिछाने प्रधानमन्त्री भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।
भेटमा सभापति लामिछानेसहित उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरु सोविता गौतम र शिशिर खनाल रहेका छन् ।
शुक्रबार सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशले थुनामुक्त भएसँगै रविले राजनीतिक भेटघाटलाई अघि बढाएका छन् ।
त्यसो त रविले फागुन २१ को निर्वाचनका लागि प्रधानमन्त्री कार्कीलाई तयारी गर्न आग्रह गर्दै आइरहेका छन् ।
कार्की प्रधानमन्त्री भएपछि रविको पहिलो भेट हो । आजको भेटमा वर्तमान राजनीति, आगामी निर्वाचन लगायतका विषयमा कुराकानी हुने बताइएको छ ।
भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल सहभागि रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया