काठमाडौं । मधेश प्रदेश सभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश सभाबाट आजै सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ ग्रहण गरेका हुन् ।
उनलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराए । यसअघि आजै बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित भएका थिए ।
उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उम्मेदवारी दिएकी थिइन् ।
यादव जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रदेश सभामा प्रतिनिधित्व गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया