डीपीले रविलाई भनेका थिए- ‘मिल्ने भए तपाईँको सट्टा म कारागारमा बस्न तयार छु’

लोकपथ
266
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सकिएको छ ।

सभापति रवि लामिछाने थुनामुक्त भएपछि आइतबार अपरान्ह केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बसेको थियो ।

बैठकमा लामिछानेले आफू कारागारमा रहँदा पार्टीलाई थप सशक्त बनाउन भूमिका खेलेको भन्दै कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) लगायतका नेताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक जीवन र देशको वर्तमान अवस्थाबारे छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिए । सो क्रममा उपसभापति अर्यालले रविसँग नख्खु कारागारमा भएको भेटबारे एक प्रसंग सुनाएका थिए ।

कारागारमा रहेका रविलाई डीपीले आफूलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिइए जस्तै कारागारको बसाइमा पनि कार्यवाहक दिन मिल्ने भए आफू बस्न तयार रहेको बताएको प्रसंग सुनाए । जसले माहोललाई भावुक बनाएको प्रवक्ता झाले बताए ।

‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्छ कि मिल्दैन ? यदी मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु । देशलाई अहिले तपाईँको खाँचो छ । तपाईँ बाहिर जानुस्, म तपाईँको सट्टा कारागार बस्न तयार छु,’ अर्यालको भनाईलाई उद्धृत गर्दै प्रवक्ताले बताए ।

यता रविले आफू कारागारमा रहँदा सबैले सद्भाव देखाएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । साथै अहिले देश गम्भीर संकटमा रहेको भन्दै आफू कारागार बाहिर रहेको भन्दै उत्सव मनाउने भन्दा पनि अझै संघर्ष बाँकी रहेको भन्दै त्यसका लागि तयारी गर्नुपर्ने बेला रहेको बताएका थिए ।

‘हामी अहिले उत्साहित हुन सक्छौंँ तर उत्सव मनाउने बेला होइन । अझै धेरै सङ्घर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ,’ पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरुलाई संयमित हुन आग्रह गर्दै रविले भनेका थिए ।

शुक्रबार थुनामुक्त भएसँगै रवि आजबाट पार्टीको मुल जिम्मेवारीमा फर्किएका छन् । लामिछानेलाई केन्द्रीय कार्यालय घण्टीघरमा भव्य स्वागत गरिएको थियो ।

यो पनि…

पार्टीको मुल जिम्मेवारीमा फर्किए रवि, डीपीले गरे स्वागत [तस्बिरसहित]

पार्टी छाडेका सन्तोष र सुमनाबारे रवि– ‘ठूलो गुन लगाउनुभएको छ, मेरो सदा सम्मान रहन्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?