विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर इन्टर्न डाक्टरको मृत्यु 

लोकपथ
665
Shares

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर आज बिहान एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । 

आज आइतबार बिहान करिब ६ः३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका इन्टर्न डाक्टर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दीपेश राईका अनुसार, लडेर गम्भीर अवस्थामा फेला परेका उनको उपचारका क्रममा बिहान ७ः२५ बजे मृत्यु भएको हो । 

यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सो अस्पताल कांग्रेस नेता एव विघटित प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माको व्यवस्थापनमा चलेको अस्पताल हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?