काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनपछि गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीको यो पहिलो औपचारिक भ्रमण हो ।
भारतमा उनी बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रममा सहभागी हुनेछन् । आईआईटी बम्बईमा आयोजना हुने टेक फेस्टमा र नयाँ दिल्लीको इन्डिया इन्टरनेशनल सेन्टरमा उनी सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
भ्रमण पछि उनी पुस ९ गते नेपाल फर्किनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया