काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको छ ।
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं-९ बाट ओलीको नाम पहिलो नम्बरमा सिफारिस गरिएको राप्रपाको क्षेत्रीय कमिटीले जनाएको छ ।
प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूचीमा ओलीसहित पाँच जनाको नाम समावेश गरिएको छ । सूचीमा इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारीको नाम पनि सिफारिस गरिएको छ ।
पार्टीको क्षेत्रीय कमिटीले स्थानीय तहमा सक्रियता, पार्टीप्रति योगदान र निर्वाचन जित्ने सम्भावनालाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको जनाएको छ । अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय नेतृत्वले लगाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया