तस्बिरमा हेर्नुहोस् नेकपाको संगठनात्मक शक्ति प्रदर्शन

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा ठुलो शक्ति प्रदर्शन गरेको छ । 

आज केही बेरअघिबाट आयोजना गरिएको एकता सन्देश सभा र्‍यालीमार्फत पार्टीले आफ्नो संगठनात्मक एकता र जनसमर्थन देखाएको हो ।

सभाका लागि भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरिएको थियो । पार्टीले सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली निकालेर सभामा उपस्थित गराएको थियो ।

यस सभा आयोजनामा बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय, र विशेष प्रदेश कमिटीको महत्त्वपूर्ण भूमिका रहेको पार्टीले जनाएको छ । पार्टीले एकताको सन्देशसहित आगामी राजनीतिक क्रियाकलापमा जनसमर्थन जुटाउन यस कार्यक्रमलाई महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?