जनकपुरधाम । मधेस प्रदेशमा रिक्त सभामुख पदका लागि सातदलीय गठबन्धनले जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवलाई उम्मेदवार बनाउने सहमति गरेको छ ।
आज बिहान गठबन्धनको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पूर्व मुख्यमन्त्री एवं जसपा संसदीय दलका नेता सरोज यादवले जानकारी दिएका छन् । यादव यसअघि जसपा नेपालका प्रमुख सचेतकको रूपमा पनि जिम्मेवारी सम्हाल्दै आएका छन् ।
मधेस प्रदेशमा रिक्त सभामुख पदका लागि आजै मनोनयन दर्ता हुने तालिका तय गरिएको छ । यादव धनुषा–२ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।
गत मङ्सिर ३ गते, तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा सातदलीय गठबन्धनले दुई तिहाइ बहुमतबाट पदमुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया