जेनजी नेता पुरुषोत्तम यादव रास्वपा प्रवेश, समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा पनि 

लोकपथ
224
Shares

काठमाडौं । जेनजी नेता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सो पार्टीका प्रवक्ता मनिष झाले आज शुक्रबार उनलाई स्वागत गरेका छन् ।

रास्वपाले उनलाई प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा समेत समावेश गरेको छ ।

यादवले आफू रास्वपा प्रवेश गरेको पुष्टि गर्दै अहिले समानुपातिक सूचीमा रहनेगरी प्रवेश गरिएको भएपनि पछि प्रत्यक्ष समेत लड्न सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?