तत्कालीन विवेकशील साझाका बाँस्कोटा, दर्शना र परियार रास्वपाको समानुपातिकतर्फको उम्मेदवार

लोकपथ
294
Shares

काठमाडौं । विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गएका त्यस पार्टीका तत्कालीन नेताहरूले समानुपातिक उम्मेदवारतर्फ आवेदन दिएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उनीहरू समानुपातिकतर्फ इच्छुक देखिएका हुन् ।

विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, नवराज थापालगायत समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेको रास्वपाले जनाएको छ ।

बाँस्कोटा र दर्शनाले खस आर्य क्लष्टरअन्तर्गत बागमतीबाट समानुपातिकका लागि नाम दर्ता गराएका हुन् ।

रास्वपा र विवेकशील साझाबीच १४ मंसिरमा एकता भएको थियो । रास्वपाले विवेकशील साझाबाट आएका नेताहरूलाई अझै पनि केन्द्रीय समितिमा समेटिसकेको छैन । 

रास्वपाले इच्छुक व्यक्तिलाई अनलाइन मार्फत आवेदन दिन आह्वान गरेको थियो । समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुकहरूको प्रारम्भिक नामावली रास्वपाले गएराति सार्वजनिक गरेको थियो । 

समानुपातिक तर्फको अन्तिम नामावली १४ पुसमा सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?