सहकारी ठगी प्रकरण : रवि लामिछाने आज थुनामुक्त हुँदै

लोकपथ
140
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछाने आज थुनामुक्त हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि रिहाइको प्रक्रिया अघि बढाइएको हो ।

उक्त आदेश बिहीबार उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले दिएको थियो । अदालतको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि मात्रै लामिछाने रिहा हुनेछन् ।

थुनामुक्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्न लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । उनी आज बिहान हवाई मार्गबाट भैरहवा जाने तयारीमा लागेको बताइएको छ ।

उच्च अदालत तुलसीपुरको आदेश रुपन्देही जिल्ला अदालतमा पुगेपछि कानुनी प्रक्रिया पूरा गरिनेछ । सबै प्रक्रिया सम्पन्न भएपछि लामिछाने थुनामुक्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?