नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौंको कार्की ब्यांक्वेटमा बस्ने गरी बोलाइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरिसकेका छन् । एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको हो ।

पार्टी स्रोतका अनुसार आजको बैठकमा संगठनात्मक विषय, कार्य विभाजन तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?