एमाले महाधिवेशन : खुल्ला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत

लोकपथ
6.1k
Shares

काठमाडौं । नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन् । 

एमाले केन्द्रीय निर्वाचन आयोगले ज्ञवालीले १ हजार ९ सय ४२ पाएको जनाएको छ । यो खुल्ला केन्द्रीय सदस्यतर्फ सबैभन्दा बढी मत हो । 

ज्ञवाली दशौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए । यो महाधिवेशनमा उनले महासचिवमा दाबी गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षको सूचीमा राखेपछि उनले सो पदमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । उनले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि ओली पक्षले पछि रघुजी पन्तलाई सूचीमा समेटेको थियो । पन्त उपाध्यक्षमा निर्वाचित भइसकेका छन् । 

उनले छोडेको उपाध्यक्षमा पदमा रघुजी पन्तलाई समेटिएको थियो। उनी सुरुवातमा ओली प्यानलमा परेका थिएनन्। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएको थियो।

ज्ञवालीले उपाध्यक्ष पद छोडेपछि ओलीले पन्तलाई समेटेका थिए। पन्त पनि उपाध्यक्षमा निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?