काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक प्रणालीमा असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘देशको प्रशासन कछुवाभन्दा पनि ढिलो छ । यसले सुशासन र समृद्धिमा बाधा पुर्याइरहेको छ ।’
आफ्नो छोटो कार्यकालमा देशको हितका लागि काम अगाडि बढाउन खोज्दा उनले प्रशासनिक सुस्तता र कर्मचारीतन्त्रका कारण काम नहुँदा भोगेका अनुभवहरू सार्वजनिक गरेका छन् ।
मन्त्री पुनले सुस्त प्रशासनिक गति मात्र होइन, प्रणालीभित्र रहेका स्वार्थी समूहहरूले पनि काम ढिलो गराएको आरोप लगाएका छन् ।
उनले लेखेका छन् : प्रस्टसँग सोझै भन्नु पर्दा नेपालको प्रशासनिक काम गर्ने तरिका र प्रक्रिया कछुवाको गति भन्दा पनि धेरै नै कम रहेछ । त्यही कछुवा गतिलाई पनि अझै कृपावादी पापी समूहहरूले बिच बिचमा अल्झ्याएर अगाडि बढ्न नदिने रहेछन्। अनि कसरी हुन्छ त देशमा सुशासन, प्रगति र समृद्धि रु छोटो कार्यकालमा देशको हितमा केही काम अगाडि बढाउन कोसिस गर्दाको अनुभव हो यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया