माछा मार्न गएका दलबहादुर मृत अवस्थामा फेला

लोकपथ
182
Shares

काठमाडौं । माछा मार्न गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । म

सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा आज दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उनको भनाइ छ ।

उनको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?