कहिले हुन्छ ओली र लेखकसँग बयान ? यसो भन्छन् गौरीबहादुर कार्की

लोकपथ
364
Shares

काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले अनुसन्धानको म्याद थप गर्नेबारे प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको छ ।

बुधबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न जाँचबुझ आयोगका संयोजक गोरीबहादुर कार्की, सदस्यहरु विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

भेटपछि आफूहरुले अनुसन्धानका लागि समय नपुग भएको भन्दै प्रधानमन्त्री कार्कीलाई समय थप गर्न आग्रह गरेको बताए ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै जाँचबुझ आयोगका संयोजक कार्कीले प्रधानमन्त्रीले म्याद थप गर्नका लागि निवेदन दिन भनेको उनले बताए ।

‘प्रधानमन्त्रीलाई हामीले एक महिना समय थप गर्नुपर्छ भनेका छौँ । हामीलाई ढिला हुने भयो भनेका छौँ । दुई हप्ता जति त बिदा नै भयो, प्रहरीले एक महिनाभन्दा बढी समय त लिस्ट नै पठाएन भनेका छौँ । प्रधानमन्त्रीले निवेदन दिनुस् हामी समय थप गरिदिन्छौँ भन्नुभएको छ,’ उनले भने ।

त्यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई समेत आफूहरुले बयानका लागि बोलाउने स्पष्ट पारे ।

सिंहदरबारबाट बाहिरिने क्रममा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई चाँही कहिले बयान हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा कार्कीले भने– ‘हामी उहाँहरुलाई बोलाउँछौँ । बयान त अहिले पनि भइरहेको छ । सबैलाई बोलाउँछौँ ।’

जेनजी आन्दोलनपछि बनेको सरकारले गत असोज ५ गते जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ । आयोगले समय नपुग भएका कारण थप समय थप्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?