रवि लामिछानेविरुद्धको राहदानी मुद्दाको सुनुवाइ स्थगित

लोकपथ
896
Shares

काठमाडौं । अमेरिकी नागरिकता नत्यागी नेपाली राहदानी लिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै दायर रिटमाथिको आजको सुनुवाइ स्थगित भएको छ । 

युवराज पौडेल ‘सफल’ले महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई चुनौती दिँदै दुई वर्षअघि दायर गरेको यो रिटमाथि आजका लागि पेसी तोकिएको थियो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले पनि सोहीबमोजिमको राय दिएको थियो ।

रिट निवेदक पौडेलले अमेरिकी नागरिकता कायमै रहेको अवस्थामा नेपाली नागरिकको विवरण पेस गरी राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) बमोजिमको स्पष्ट कसुर भएको जिकिर गरेका छन् । तथ्य प्रमाणले कसुर पुष्टि हुँदाहुँदै मुद्दा नचलाउने निर्णय गरिनु पूर्वाग्रहपूर्ण रहेको उनको ठहर छ ।

उनले मनसाय र क्षेत्राधिकार राहदानी लिने कार्यमा लामिछानेको आपराधिक मनसाय नदेखिएको भन्ने महान्यायाधिवक्ताको निष्कर्षमाथि पनि प्रश्न उठाएका छन् । महान्यायाधिवक्ताले आफ्नो संवैधानिक र कानुनी क्षेत्राधिकारभन्दा बाहिर गएर यस्तो फैसला सुनाएको दाबी रिटमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?