एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी, साढे ११ बजेसम्म ३ सयभन्दा बढी मत खस्यो

लोकपथ
238
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहानदेखि मतदान जारी छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साढे ११ बजेसम्म ३ सय भन्दा बढी मत खसेको छ ।

मतदान बिहान ९ बजेर २० मिनेटमा सुरु भएको थियो । एमालेमा कुल २ हजार २६३ प्रतिनिधि रहेका छन् । यस हिसाबले मतदान सकिएर नतिजा आज मध्यरातसम्म सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । दुवै उम्मेदवार प्यानलसहित प्रतिस्पर्धामा छन् । 

एमालेको नयाँ नेतृत्व चयनका लागि ८० वटा ई–भोटिङ मेसिन प्रयोग गरिएको  छ ।

यो पनि पढ्नुहोस् : एमाले महाधिवेशन : मतदान स्थलभित्र मोबाइल लान बन्देज, प्यानलका उम्मेदवारको सूची भने लान पाइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?