एमाले ११औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेपछि मतदान

लोकपथ
224
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेपछि मतदान हुने भएको छ ।

यसअघि मंगलबार बिहान १० बजेपछि सुरु हुने भनिएको मतदान तालिका पटक–पटक सर्दै साँझसम्म ढिलाइ भएको थियो । साँझ लाइनमा बसेका प्रतिनिधिहरू करिब दुई घण्टा पर्खिए पनि मतदान हुन नसकेपछि प्रक्रिया स्थगित गरिएको थियो । 

निवर्तमान महासचिव शंकर पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु गर्ने गरी प्रक्रिया पुनः निर्धारण गरिएको हो । मतदानका लागि तयार पारिएका विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्ट गर्दा प्राविधिक समस्या देखिएपछि मतदान एक दिनका लागि स्थगित गर्नुपरेको उनले जानकारी दिए ।

एमालेको नयाँ नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले प्यानल नै बनाएर निर्वाचनमा भाग लिएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदान प्रक्रिया सञ्चालन हुने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?