काठमाडौं । काठमाडौं । नेकपा एमालेको ११ औँ युवा नेता प्रकाश पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियुको अध्यक्षमा ६ मतले पराजित भएसँगै पार्टी राजनीतिमा सक्रिय भएका पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
विद्यार्थी राजनीतिबाट उदाएका पौडेल युवाहरुमाझ निकै लोकप्रिय छन् । त्यसैले उनी केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित देख्छन् । ‘अहिले देश नै युवा खोजिरहेको छ त्यसैले पार्टीमा पनि युवाको खोजी नहुने कुरा नै भएन,’ उनी भन्छन्, ‘पार्टीमा सबै वर्गलाई समेट्ने हो भने हामी जस्ता युवालाई प्रतिनिधिहरुले केन्द्रीय सदस्यमा ल्याउनुहुन्छ भन्नेमा म ढुक्क छु ।’
नेकपा एमालेको नयाँ नेतृत्वका लागि पौष १ गते मतदान हुँदैछ । जसका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया