जेनजी युनाइटेडद्वारा गभर्नर पौडेलको बर्खास्तीको माग गर्दै अर्थमन्त्री खनाललाई ज्ञापनपत्र

लोकपथ
14
Shares

काठमाडौं। जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ । अर्थमन्त्री रामेश्वर खनाललाई आज (आइतबार) जेनजी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बुझाएका हुन् ।

संयोजक परियारले नेपाल राष्ट्र बैंक ऐन–२०५८ (पहिलो संशोधन २०६३) को दफा १५ अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु वा डेपुटी गभर्नरहरूमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि डा.पौडेलको सिफारिस ऐनविपरीत भएको उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा डा.पौडेलको शैक्षिक योग्यता र अनुभव पनि राष्ट्र बैंक ऐनअनुसार गभर्नर बन्न उपयुक्त नरहेको उल्लेख छ । उनी कम्प्युटर इन्जिनियरिङमा स्नातक र कृषि (एग्रिकल्चर)मा स्नात्तकोत्तर गरेको र अनुभवको हिसाबले पनि नियुक्ति ऐनको विपरीत भएको जनाइएको छ।

जेनजी युनाइटेडले बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण रोक्न, अनधिकृत ब्याज फिर्ता गर्न, राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउन, वैदेशिक ऋणको दुरुपयोग रोक्न लगायतका माग पनि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?