महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको सचिवालय बैठक

लोकपथ
91
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु बैठक सुरु भएको हो ।

बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको आकार वृद्धि, संगठनात्मक संरचना तथा समसामयिक राजनीतिक मुद्दाहरूमा गहन छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहभागीहरूले महाधिवेशनको प्रारम्भिक तयारीबारे प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक निर्णय लिने कार्यक्रम छ ।

बैठकमा संसदीय गतिविधि, सरकारको नीति तथा अन्य विपक्षी दलसँगको सम्बन्धबारे पनि छलफल हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?